National life

ईभी दुर्घटना : तथ्य र भ्रमबीच दोष कसको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
781Shares
ईभी दुर्घटना : तथ्य र भ्रमबीच दोष कसको ?
ncell

काठमाडौँ । ईभी सवारीसाधनमा विशेष चाख दिनुहुन्छ र सामाजिक सञ्जालमा उपस्थित हुने बानी गर्नुभएको छ भने केही महिनायता तपाईले ईभी सवारीसाधनका कारण सडक दुर्घटना बढ्यो भन्ने भाष्य पक्कै पनि पटकपटक सुन्दै आउनुभएको छ ।

भौगोलिक विकटतादेखि ट्राफिक नियमको पालनामा कमजोर रहेको नेपाल जस्तो मुलुकमा नागरिकको दैनिकी नै सवारीसाधनको दुर्घटनासम्बन्धी खबर सुनेर सुरु हुन्छ । त्यहाँमाथि नेपाली चालकका लागि अझै पनि नौलो रहेको ईभी सावरीसाधनको दुर्घटनाले प्रायः मानिसहरूको ध्यान बढी नै खिच्ने गरेको छ । जसकारण ईभी सवारीसाधनकै कारण दुर्घटना बढेको हो कि भन्ने सोचाइले पनि दिमागमा मज्जाले डेरा जमाएर बस्न थालेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विज्ञ भन्छन् : ईभीले दुर्घटना बढाएको भन्न मिल्दैन

सीजी मोटर्सका वरिष्ठ महाप्रबन्धक पूर्णबहादुर गौतम आईसीई सवारीमा बानी परेको चालकले पर्याप्त ज्ञान बिना नै ईभी हाँक्न नहुने सल्लाह दिन्छन् । “ईभीको सन्दर्भमा एक्सिलेटरलाई बिस्तारै दबाउँदा पनि गाडी ह्वात्तै अगाडि दौडन्छ । जबकि डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनले गति बढाउन केही समय लिन्छन्”, गौतमले भने, “त्यही भएर एक्सिलरेट गर्ने बेला ध्यान पुर्‍याउनुपर्छ ।”

यस्तै म्यानुअल ट्रान्समिसन सिस्टम (गियर सिफ्ट गनुपर्ने प्रणाली) भएको गाडीमा बानी परेका चालकहरूले एकैपटक नौलो ईभी प्रविधिको गाडी चलाउन पुग्दा पनि दुर्घटनाको जोखिम बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् । “ईभी मात्र दुर्घटनामा परेका छन् भनेर दाबी गर्नु पूर्ण सत्य होइन । तर सार्वजनिक प्रयोजनका ईभी गाडीहरू दुर्घटनामा परेको कुरालाई नकार्न मिल्दैन,” कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ईभीले दुर्घटना गरायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि ईभीलाई कसरी सुरक्षित बनाउने भन्ने कुरालाई विश्लेषण गरेर अघि बढ्न आवश्यक रहेको उनको तर्क थियो ।

यस्तै एस क्युब इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर श्याम सापकोटा कुनै पनि नयाँ प्रविधि भित्रिँदा त्यसलाई लिएर भ्रमहरू उब्जिनु स्वाभाविक भएको बताए । कतिपय अवस्थामा डिलर तथा सवारी आयातकर्ताहरूले ग्राहकलाई गाडीको बारेमा राम्रोसँग जानकारी दिन नसक्दा पनि भ्रम उत्पन्न हुने सम्भावना रहन्छ । “सुरु सुरुमा ईभी गाडी बलियो हुँदैन, उकालोमा तान्दैन र ब्रेक पनि लाग्दैन भन्ने खालका भ्रमहरू देखिएका थिए,” ईन्जिनियर सापकोटाले थप्दै भने, “दुर्घटनाको प्रमुख कारणका रूपमा पनि ईभीलाई नै औँल्याइएको छ । यो सबै जानकारी नराखेको वा नराख्न चाहेको अवस्थाका कारण देखिएको हो ।” ईभीका बारेमा बजारमा फिँजिएका भ्रम र हल्लालाई तोड्न ग्राहक स्वयं पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।

ईन्जिनियर सापकोटाले उल्लेख गरेको कुरा एभरेट रोजर्सले सन् १९६२ मा प्रकाशित आफ्नो पुस्तक (डिफ्युजन अफ इनोभेसन) मा व्याख्या गरेको सोही सिद्धान्तसँग मेल खान्छ । उक्त पुस्तकमा रोजर्सले भनेका छन् कि नयाँ प्रविधि (हालको सन्दर्भमा विद्युतीय सवारी–ईभी) अपनाउने प्रक्रियामा मानिसहरू फरक–फरक चरणमा पर्छन् । कतिपयले नयाँ प्रविधिलाई तुरुन्त अपनाउँछन् गर्छन् भने कतिपय ढिलो गरेर मात्रै विश्वास गर्छन् ।

यस्तै, कतिपय मानिस डर वा भ्रमकै कारण आफूलाई नयाँ प्रविधिबाट टाढा राख्न रुचाउँछन् । नेपालको सन्दर्भमा हेर्दा ईभी प्रविधिको फैलावट हाल अर्ली मेजोरिटी र लेट मेजोरिटी बीचको चरणमा देखा परेको छ । रोजर्सले उल्लेख गरेको अर्ली मेजोरिटी त्यो समूह हो जसले अरूको अनुभव हेरेर ढिलो गरी प्रविधि अपनाउँछन् । यस्तै लेट मेजोरिटी उनीहरू हुन् जो नयाँ प्रविधिलाई रोज्नु अगाडि धेरै समय कुर्ने र त्यसको फाइदा तथा बेफाइदा केलाउने प्रकृतिका हुन्छन् ।

अतः हालको अवस्थामा ईभीप्रतिको विश्वास बढाउन ईभीका उपभोक्तासम्म यो प्रविधिबारे सही सूचना, जानकारी र शिक्षासँगै प्रयोगात्मक अनुभव पनि पुर्‍याउन आवश्यक रहेको देखिन्छ ।

के कारणले हुन्छन् दुर्घटना ?

सडकमा सवारी दुर्घटना हुनुका पछाडि विभिन्न कुराको भूमिका रहेको हुन्छ । त्यसमा सडकको दुरावस्था, चालकको लापरवाही र मौसमजन्य कारणलाई प्रमुख मान्न सकिन्छ । त्यसका अलावा चालकको स्वास्थ्य अवस्था र सवारीसाधनको यान्त्रिक समस्याले पनि दुर्घटना निम्त्याउने सम्भावना राख्दछ ।

यद्यपि यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने सबै हलुकादेखि भारी मालवाहक सवारीसाधनसम्म सबै यान्त्रिक शक्ति अर्थात् मेसिनले उत्पादन गर्ने शक्तिका सहायताले सञ्चालित हुन्छन् । त्यसकारण चालकले आफ्नो सवारीसाधनमा रहेका विभिन्न यन्त्रलाई कत्तिको राम्रोसँग बुझेको छ भन्ने कुराले पनि सवारी दुर्घटनासँग प्रत्यक्ष सरोकार राख्दछ ।

ईभी र आईसीई गाडीमा के छ भिन्नता ?

मानौं तपाईंले डिजल वा पेट्रोलबाट चल्ने सवारी (आईसीई – इन्टर्नल कम्बस्सन इन्जिन) चलाउनुहुन्छ । त्यस प्रकारको सवारीसाधनमा फ्युल इन्जिन रहेको हुन्छ जसभित्र हावा र इन्धनको मिश्रण भरिन्छ । जब तपाईंले आफ्नो सवारीसाधन स्टार्ट गर्नुहुन्छ, तब इन्जिनभित्र रहेको इन्धन हावाको उपस्थितिमा बल्न थाल्छ । यसबाट शक्ति उत्पन्न हुन्छ र त्यही शक्तिले तपाईंको सवारीसधानलाई गुड्ने बल प्रदान गर्छ ।

तर विद्युतीय सवारीसाधन चल्ने तरिका इन्धनबाट चल्ने सवारीसाधनभन्दा निकै भिन्न रहेको हुन्छ । यसमा इन्जिन हुँदैन । बरु ब्याट्री र मोटर हुन्छ । ब्याट्रीमा विद्युतलाई संग्रह गरेर राखिएको हुन्छ । ईभी गाडी स्टार्ट गर्दा ब्याट्रीमा रहेको विद्युत मोटरसम्म पुग्छ । त्यसपछि मोटरभित्र रहेको सिलिन्डरमा चुम्बकीय ऊर्जा उत्पन्न हुन्छ जसले गाडीको पांग्रालाई अगाडि वा पछाडि लैजान मद्दत गर्दछ ।

यहाँ इन्धनबाट चल्ने गाडी र विद्युतीय गाडीको गति सीमित गर्ने तरिका पनि फरकफरक हुन्छन् । इन्धनबाट चल्ने सवारीसाधनको गति कम गर्न तपाईंले गियर, ब्रेक, क्लच वा एक्सिलेटरको प्रयोग गर्न सक्नुहुन्छ भने ईभी गाडीको सन्दर्भमा ब्रेक र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले गतिलाई कम गर्न मद्दत गर्दछन् ।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?