National life

उपत्यकाबाट चोरी भएका २१ वटा सवारीसाधन ट्राफिक प्रहरीद्वारा सवारी धनीलाई जिम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
685Shares
उपत्यकाबाट चोरी भएका २१ वटा सवारीसाधन ट्राफिक प्रहरीद्वारा सवारी धनीलाई जिम्मा
ncell

काठमाडौं। काठमाडौं उपत्यकाबाट चोरी भएका २१ वटा मोटरसाइकल, स्कुटर फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आइतबार २१ वटा दुई पांग्रे सवारी धनीलाई हस्तान्तरण गरेको हो । जसमा १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेको छन् ।

हराएको तथा चोरी भएको भन्दै निवेदन दिएको आधारमा मोटरसाइकलको खोजी ट्राफिक प्रहरीले गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो क्रममा केहीमा सक्कलै नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

योसँगै चालु आर्थिक वर्षमा मात्रै ४१७ थान सवारी साधन फेला पारेर धनीको जिम्मा लगाइएको ट्राफिकले जनाएको छ । यसै आर्थिक वर्षमा सवारी साधन चोरीमा ४१ जनालाई पक्राउ समेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?