National life

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटरमा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
413Shares
एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटरमा विशेष छुट
ncell

काठमाडौँ । चाडपर्वको अवसर पारेर एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विशेष सुविधा दिने उद्देश्यका साथ नेपालका याडिया इलेक्ट्रिक स्कुटरका आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत, एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर भुक्तानीमार्फत ५,००० रुपैयाँसम्मको छुट पाउनेछन्। छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा मात्र उपलब्ध हुनेछ र यो चाडपर्वको समयमा मात्र लागू हुनेछ। ग्राहकले छुट प्राप्त गर्न भुक्तानी अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनएमबि बैंकका अनुसार, यस पहलले ग्राहकहरूलाई अतिरिक्त लाभ दिने मात्र नभई वातावरणमैत्री सवारीसाधनतर्फको आकर्षण बढाउने अपेक्षा गरिएको छ। बैंकले नगदरहित कारोबार प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?