National life
cg eloctronics

एमजी एस-५ ले पायो युरो एनक्याप परीक्षणमा ‘फाइभ स्टार रेटिङ’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
668Shares
एमजी एस-५ ले पायो युरो एनक्याप परीक्षणमा ‘फाइभ स्टार रेटिङ’
muktinatha bikash bank

काठमाडौँ । एमजीको नयाँ विद्युतीय गाडी एस–५ले प्रतिष्ठित युरो एनक्याप (NCAP) परीक्षणमा पाँचतारे सुरक्षा रेटिङ पाएको छ । सन् २०२५ को परीक्षणमा सहभागी यो गाडीले सबै सुरक्षा मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार रेटिङ’ पाएको हो ।

यसबाट एमजी एस–५ ले उपभोक्ताको भरोसा जित्न सफल भएको भन्दै अन्तर्राष्ट्रिय रूपमै चर्चा भइरहेको कम्पनीले जनाएको छ। नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री इन्जिनियरिङ समावेश भएकाले एस–५ नेपाली बजारमा उत्कृष्ट विकल्पका साथ प्रस्तुत भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

युरो एनक्यापका अनुसार एमजी एस(५ ईभीको सुरक्षा स्कोरमा वयस्क यात्रु सुरक्षा ९० प्रतिशत, बाल यात्रु सुरक्षा ८२ प्रतिशत, सडक प्रयोगकर्ता (पैदल यात्री) सुरक्षा ८२ प्रतिशत र सुरक्षा सहायक प्रणाली ७८ प्रतिशत रहेको छ ।

नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री इन्जिनियरिङ समावेश भएकाले एस–५ नेपाली बजारमा उत्कृष्ट विकल्पका साथ प्रस्तुत भइसकेको छ । यो गाडीले केवल आराम र प्रदर्शन मात्र होइन, सुरक्षा र स्थायित्वमा समेत उच्चस्तरको ग्यारेन्टी दिने देखिएको छ ।

everest bank

यसअघि नेपाली बजारमा एस–५ को कुनै रेटिङ नै भएको छैन भन्दै भएका हल्ला यसबाट निराधार साबित भएका कम्पनीले जनाएको छ । युरो एनक्यापले आफ्नो आधिकारिक फेसबुक पेजमै एस–५ ले पाँचतारे रेटिङ पाएको उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?