National life

ओमाडा एन्ड जेइकोले मनायो नेपालमा ८०० प्लस सवारी साधनको उत्सव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
466Shares
ओमाडा एन्ड जेइकोले मनायो नेपालमा ८०० प्लस सवारी साधनको उत्सव
ncell

काठमाडौँ । ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारी साधन सञ्चालनमा ल्याएको उल्लेखनीय उपलब्धि हासिल गरेको घोषणा गरेको छ। यो उपलब्धि मनाउन काठमाडौँको उत्तर ढोका सोरूममा उत्सव कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर दीपेन्द्र सिंह ऐरी उपस्थित भएका थिए। साथै, एसपीजी टिमीबाट निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ, महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द ९सेल्स एन्ड मार्केटिङ० र राजेन्द्र तिमिलसेना (महाप्रबन्धक, फाइनान्स) पनि उपस्थित थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमको विशेष आकर्षण ८०० प्लस भन्दा बढी ओमोडा जेइकोको विक्री समारोहमा ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसेडर दीपेन्द्र सिंह ऐरीसँग उत्सव मनाउनु थियो।  यस अवसरमा अतिथिहरूलाई ब्रान्ड एम्बेसडरसँग संवाद गर्ने, ओमाडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने, र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने मौका प्रदान गरियो।

सडकमा ८०० भन्दा धेरै सवारी साधन पुग्न ग्राहकहरूको विश्वास र भरोसाको प्रतिफल भएको कम्पनीको भनाई छ। ओमोडा एन्ड जेइको नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै, नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?