National life

जगदम्बा मोटर्सको एनटर्क रेस एक्सपी ब्ल्याक बजारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
831Shares
जगदम्बा मोटर्सको एनटर्क रेस एक्सपी ब्ल्याक बजारमा
ncell

काठमाडौं । नेपालको स्कुटर बजारमा नयाँ युगको सुरुवात गर्दै जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर हो, जसले उच्च प्रदर्शन, नवीन प्रविधि र आक्रामक डिजाइनको संयोजन प्रस्तुत गर्दछ।

कम्पनीले स्कुटरलाई डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि, र रेस–इन्स्पायर्ड डिजाइन सहित ल्याएको छ। डुअल राइड मोडमा स्ट्रीट मोडले आरामदायी यात्रा सुनिश्चित गर्छ भने रेस मोडले उच्च गतिको अनुभव प्रदान गर्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार, ०–६० किमि प्रति घण्टा गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किमि प्रति घण्टाको उच्चतम गति दिन सक्षम छ। नेपालको स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याइएको छ, जसले राइड मोड स्विच, नेभिगेसन, र कल व्यवस्थापन जस्ता २० भन्दा बढी आदेशहरूलाई भ्वाइस कमान्डमार्फत सञ्चालन गर्न सकिन्छ।

 

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?