काठमाडौँ । विश्वव्यापी ऑटोमोबाइल उत्कृष्टताको अग्रणी ब्राण्ड, जीएसी मोटर्सले नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्स मार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ AION Y SUV को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ।
जीएसी मोटर्स, चीनको ऑटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध छ। ब्राण्डले यूएईमा "उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्डू र नाइजेरियामा" ऑटोमोबाइल इन्टरप्राइज ऑफ़ द एअर " जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।
अब, जीएसी मोटर्सले AION Y मार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास राख्दछ। जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, AION Y SUV ले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्नेछ।
आजै जीएसी मोटर्सको नयाँ AION Y SUV को अनुभव लिनुहोस् र ड्राइभिङको नयाँ युगको हिस्सा बन्नुहोस्।


































