National life

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको अग्रसरता, आर्थिक सहयोग प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.1kShares
टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको अग्रसरता, आर्थिक सहयोग प्रदान
ncell

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि.का ‘टाटा गुरु’ सुभाष शर्मा यतिबेला गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत हुनुहुन्छ।

ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप र दक्षतामार्फत योगदान पुर्‍याउँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्यमा देखिएको जटिलताका कारण दीर्घकालीन उपचारको आवश्यकता परेको छ, जसले गर्दा उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ।

यस संवेदनशील घडीमा सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ‘सिप्रदी सहायता’ मार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गरिसकेको छ। संस्थाले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि देखाएको यो तत्परताले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय पक्षलाई उजागर गरेको छ।

शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि यो कठिन समयमा अन्य सहयोगी मनहरू, विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समेत मानवीय संवेदनाका आधारमा यथोचित सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?