National life

टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
503Shares
टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना
ncell

टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्नोलोजीहरू नेपालभर बाट छानिएका उत्कृष्ट टेक्नीसियनहरू हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् ।

 यी शीर्ष ३० टेक्नीसियनहरू मध्य बाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित टीभीएस मोटर्सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्नीसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो ।

यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पु¥याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।

टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च–गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समान स्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ । यस्ता कार्यक्रमहरू मार्फत, टीभीएस मोटर्सले बजारमा आफ्नो नेतृत्वलाई अझ बलियो बनाइरहेको छ । कुशल टेक्नीसियनहरूले पनि ग्राहक सन्तुष्टि र विश्वास कायम राख्न उल्लेखनीय भूमिका खेल्ने कुरालाई विशेष दृष्टिगत गरेको कार्यक्रम मार्फत प्रस्ट हुन्छ ।

सीप विकास तथा नवप्रवर्तनको प्रबद्र्धनका लागि गरिएको लगानी मार्फत टीभीएस मोटर्सले आफ्नो बजार नेतृत्वलाई अझ बलियो बनाउँदै गइरहेको छ । आयोजित प्रतियोगितामा नेपालका शीर्ष टेक्नीसियनहरूको सहभागिताले देशको अटोमोटिभ सेवा क्षेत्रमा बढ्दो क्षमता र दक्षताको प्रमाण पनि दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?