National life

डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारीको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०४ असोज २०८२, शनिबार
1.1kShares
डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारीको घोषणा
ncell

काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेको बताइएको छ। यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएका छन्।

यस घोषणापछि हङकङको बजारमा डोंगफेंगका सेयरहरू एकै दिनमा झण्डै ६९% ले बढे र अन्तिममा ५७% भन्दा बढी उच्चमा बन्द भए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रिपोर्टहरूका अनुसार प्राइभेटाइजेसन सम्झौताको मूल्य करिब ७ अर्ब अमेरिकी डलरजतिको हुनेछ र यसलाई धेरैले डोंगफेंगको शक्ति र सम्भावनाप्रतिको नयाँ विश्वासका रूपमा व्याख्या गरेका छन्।

डोङफेङ मोटर ग्रुपले दशकौंदेखि चीनको प्रमुख अटो कम्पनीको रूपमा सस्तो, भरपर्दो र ग्राहकमुखी सवारीसाधन उपलब्ध गराउने कम्पनीको रुपमा प्रतिष्ठा कमाएको छ। यो ब्राण्ड आफ्नो “भ्याल्यु-फर-मनी” का लागि चिनिन्छ जुन किफायती मूल्य र राम्रो पर्फर्मेन्स गर्ने गाडीका रुपमा लाखौं चालकहरूको रोजाइमा परेको छ।

प्राइभेटाइजेसन प्लान डोंगफेंगलाई दीर्घकालीन रणनीति अघि बढाउन अझ लचिलो बनाउन तयार गरिएको हो। स्वतन्त्रता बढेसँगै कम्पनी छिटो निर्णय लिन, सञ्चालनको क्षमता अझै मजबुत बनाउन र उद्योगमा आउने परिवर्तनहरूलाई छिटोसँग सामना गर्न अझ सक्षम हुनेछ।

यसैबीच, डोङफेङले आफ्नै प्रिमियम इलेक्ट्रिक गाडीको ब्रान्ड भोया (VOYAH) लाई छुट्टै लिस्टिंग गरेर हङकङ सेयर बजारमा ल्याउने तयारी पनि गरिरहेको छ। VOYAH ले तीव्रगतिमा बढ्दै गएको इलेक्ट्रिक गाडीको बजारमा कम्पनीको ठुलो प्रयासलाई प्रतिनिधित्व गर्छ। यसले उपभोक्तालाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यातायात समाधान उपलब्ध गराउँछ। बजारमा लिस्टिंग भएपछि VOYAH लाई आफ्नो वृद्धि थप अघि बढाउन, उत्पादनहरूको दायरा विस्तार गर्न र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउन आवश्यक स्रोत प्राप्त हुनेछ।

आगामी दिनमा डोंगफेंग मोटर ग्रुपले आफ्नो किफायतीपनको परम्परा कायम राख्दै नयाँपन र प्रविधिमैत्री भविष्यतर्फ अघि बढ्ने लक्ष्य लिएको छ। प्राइभेटाइजेसन र VOYAH लिस्टिंग दुवैको संयोजन कम्पनीको अड्याप्टेसन, वृद्धि र ग्लोबल अटो उद्योगमा गर्ने नेतृत्व क्षमताप्रतिका प्रतिबद्धता हुन्।

ग्राहकलाई आफ्नो केन्द्रमा राखेर डोंगफेंगले इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई आकार दिँदै भविष्यमा पनि भरपर्दो र किफायती गाडी उपलब्ध गराइरहने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?