National life

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
567Shares
दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा
ncell

काठमाडौँ । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ ।

गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।

हाल दिपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्यै दिपल ए०९ औपचारिक रुपमा गएको मे२२ मा सार्वजनिक भएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।

इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ । साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिंग असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंग फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।

दिपलले आउँदो वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।

गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सिईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?