National life

'नाइमा नेपाल मोबिलिटी एक्स्पो' को आज अन्तिम दिन, ९१ हजार बढीले गरे अवलोकन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
512Shares
'नाइमा नेपाल मोबिलिटी एक्स्पो' को आज अन्तिम दिन, ९१ हजार बढीले गरे अवलोकन
ncell

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोको आज अन्तिम दिन रहेको छ। यसअघि आइतबारसम्म मात्रै चल्ने भनिए पछि एक दिन समय थपिएको थियो।

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्डको सहभागी रहेका छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चार पांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक्सपोमा महंगादेखि सस्तो मूल्य सम्मका कार उपलब्ध रहेका छन्। नाइमा मोबिलिटी एक्स्पोमा हेनरी, एमजी, बीवाइडी, लीपमोटर र केई ब्राण्डसँग मात्रै ३० लाखभन्दा कम मूल्यको कार उपलब्ध छन्।

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुई पांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागी भएका छन्।

नाइमामा सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी कार ब्रान्ड छन्।

त्यस्तै, दुई पांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो छन्। ५ दिनमा मोबिलिटी एक्स्पो ९१ हजार जनाले अवलोकन गरिसकेको नाइमाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?