National life

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा ईभी जिकर एक्स खरिदमा अफर नै अफर (भिडियो )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
515Shares
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा ईभी जिकर एक्स खरिदमा अफर नै अफर (भिडियो )
ncell

काठमाडौँ । सवारीसाधनको कुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सञ्चालन भइरहेको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोमा विद्युतीय गाडीकै वर्चस्व देखिन्छ । प्यासेन्जर कार मोटरसाइकल र कमर्सिय भेइकल गरी कुल ५० वटा ब्रान्ड सहभागी मेलामा ३ दर्जन हाराहारी नयाँ मोडलका सवारीसाधन लन्च गरिएका छन् ।

एक्सपो अवलोकन गर्न आउने ग्राहकलाई आफ्नो स्टलसम्म तान्न बिक्रेता कम्पनीहरूले नगद छुट सहितको आकर्षक अफर ल्याएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एउटै गाडीमा २५ लाख रुपैयाँसम्म मूल्य घटाएर बिक्री गर्ने घोषणा गरिएका कारण नाइमा मोबिलिटी एक्सपोमा एक प्रकारको ‘प्राइस वार’ नै चलेको मान्न सकिन्छ ।

जस अनुसार पायोनियर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्सपोको अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्समा विशेष छुट योजना ल्याएको छ। नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियरले यो योजनामार्फत नेपाली बजारमा जिकर सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ।

ग्राहकहरूका लागि विशेष अफरसहित जिकर एक्सले नाइमा मोबिलिटी एक्सपोमा ८४.९९ लाखको सवारी ६९.९९ लाखमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, एक्सपो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।

जिकर एक्समा समावेश हुने प्रमुख विशेषताहरूमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (अड्यास), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारीको रूपमा स्थापित बनाएको कम्पनीको दाबी छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?