National life

नाडा अटो-शोमा स्काईवेलको बम्पर अपहार : गाडी बुकिङ्ग गर्दा 'युरोप टुर फर फ्यामिली'अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
709Shares
नाडा अटो-शोमा स्काईवेलको बम्पर अपहार : गाडी बुकिङ्ग गर्दा 'युरोप टुर फर फ्यामिली'अफर
ncell

काठमाडौँ। नाडा अटो-शो २०२५ को पूर्व सन्ध्यामा जि मोटर्स प्रा. लि. ले बिशेष अपहार ल्याएको छ। कम्पनीले आज एक सुचना सार्वजनिक गर्दै 'युरोप टुर फर फ्यामिली' अफर सार्वजनिक गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाडा अटो-शोमा स्काईवेलका मोडल बुकिङ्ग गर्दा 'युरोप टुर फर फ्यामिली' अफर सार्वजनिक गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिनुभयो ।

उक्त स्किम नाडा अटो-शो अवधी भरीमा स्काईवेलको स्टल H12 मा भिजिट गरी स्काईवेलका मोडल बुकिङ्ग गर्दा स-परिवार युरोप घुम्ने टुर एबम युरोपमा स्काईवेल टेस्ट ड्राईभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उक्त अफरमा नाडा-शो अवधीमा बुकिङ्ग गर्ने हरेक ग्राहक लाई एक थान 'डाईमन्ड न्याकलेस'-क्लासिक डाईमन्ड न्युरोड बाट डिजाईन गरिएको प्रदान गर्ने साथै एक जना लक्की ग्राह्कले रोलेक्स घडी जित्ने कम्पनीले जारि गरेको सुचनामा भनिएको छ ।

https://www.youtube.com/watch?v=y9WhhByXyJg

नाडा अटो-शोमा एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने भएको छ । साथै ८०% प्रतिशत सम्मको न्युन ब्याजदरको लोन अफर र एक आर्थिक बर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताउनु भयो ।

नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सकिन्छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?