National life

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
441Shares
नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”
ncell

काठमाडौं । बजेट घोषणाको पूर्वसन्ध्यामा इलेक्ट्रिक गाडीप्रेमीलाई लक्षित गर्दै एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ ब्राण्डअन्तर्गतका नामी र सेरेस गाडीका लागि ‘इज अन वालेट’ नामक विशेष अफर सार्वजनिक गरेको छ। जेठ ११ देखि १५ गतेसम्म नेपालभरका सबै शोरूमहरूमा लागु गरिएको यो अफर सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

ग्राहकलाई इलेक्ट्रिक गाडीमा सहज रूपमा रूपान्तरण गराउन लक्षित गरिएको यस अफरअन्तर्गत नामी र सेरेसका विभिन्न मोडलहरू उत्कृष्ट मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, गाडी खरिद गर्ने ग्राहकलाई ७ किलावाट र ३.५ किलावाट क्षमताको डुअल चार्जर, एक वर्षको अटो प्लस बीमा र एक वर्षको सवारी कर निःशुल्क दिइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, गाडी बुकिङमा माउन्टेन फ्लाइटको अवसर, र निःशुल्क एसेसरीज पनि उपलब्ध हुनेछ। अफरलाई थप आकर्षक बनाउने प्रयासस्वरूप कम्पनीले चारजना भाग्यशाली ग्राहकलाई हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्प भ्रमण गराउने योजना पनि सार्वजनिक गरेको छ।

ईभी बजारमा बढ्दो प्रतिस्पर्धा र ग्राहकको मागलाई मध्यनजर गर्दै ल्याइएको यो अफरले बजारमा सकारात्मक प्रतिक्रिया पाउने कम्पनीको अपेक्षा रहेको छ। इच्छुक ग्राहकलाई मूल्य वृद्धिभन्दा अगाडि आफ्नो नजिकको नामी वा सेरेस शोरूम वा अधिकृत डिलरमार्फत सो अफरको फाइदा लिन कम्पनीले आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?