National life

नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न सरकारसँग ट्रक व्यवसायी महासंघको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
501Shares
नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न सरकारसँग ट्रक व्यवसायी महासंघको माग
ncell

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ।

महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ। निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए ।

गत असोज ३ गते साँझ खसेको पहिरो ठूलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेर आवागमन ठप्प भएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाडखोला (बाँदरे मोड) मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएकामा केही समयमै अर्को ठूलो पहिरो खस्नुले यस क्षेत्रमा दिगो समाधान आवश्यक रहेको स्पष्ट भएको महासंघको तर्क छ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्‍याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बाँनियाले बताए । विशेषगरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली नै अस्तव्यस्त हुनुले जनजीवनमा प्रत्यक्ष असर परेको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको उल्लेख गरिएको छ।

यस पृष्ठभूमिमा महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ। साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?