National life

निकै प्रतिक्षा गरिएको ईभी एमजी एस–५ अर्को हप्तासम्म नेपाल आइपुग्ने, यस्ता छन् बिशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
756Shares
निकै प्रतिक्षा गरिएको ईभी एमजी एस–५ अर्को हप्तासम्म नेपाल आइपुग्ने, यस्ता छन् बिशेषता
ncell

काठमाडौं । एमजीको बहुप्रतिक्षित बिद्युतिय एसयुभी एस–५ आगामी आइतबारसम्म शोरुममा आईपुग्ने भएको छ । कम्पनी स्रोतका अनुसार एस–५ भन्सार नाकासम्म आइपुगेको र लगत्तै बुकिङ खुल्ने जनाएको छ ।

बिद्युतिय एसयूभीमा यसअघि निकै चर्चा पाएको एमजी जेडएसको फेसलिफ्ट भर्सन एस–५लाई नेपाली बजारका लागि निकै प्रतिक्षा गरिएको ईभीका रुपमा लिइएको छ ।

यस नयाँ एसयूभीलाई एमजीले प्योर इलेक्ट्रिक प्लेटफर्ममा तयार पारिएको यो ईभी अन्तर्राष्टिय बजारमै उपलब्ध भएअनुसार ४९ र ६२ किलोवाट आवर ब्याट्री प्याकमा दुबै भेरिएन्ट नेपाल आउने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिएलटिसीका अनुसार यस कारको रेन्ज क्रमश ४२५ र ५२० किलोमिटर दाबी गरिएको छ । कम्पनीले यसमा लिथियम आइरन फस्फेट ब्याट्री दिएको हो । रियर ह्विलमा मोटर राखिएको यस कारको मोटर क्षमता भने १२५ किलोवाट छ । ७.२ किलोवाट क्षमताको चार्जरले यसलाई ८ घन्टामै फुल चार्ज गर्न सकिन्छ ।

चिनियाँ बजारमा १४ देखी २० हजार डलरसम्म मूल्य निर्धारण गरिएको यस ईभीको मूल्य नेपाली बजारमा समेत निकै आकर्षक र प्रतिस्पर्धी तय हुने अनुमान गर्न सकिन्छ ।

४४७६ एमएम लामो, १८४९ एमएम चौडा र १६२१ एमएम अग्लो एस–५ मा २७३० एमएम लामो ह्विलवेश दिइएको छ ।

यस गाडीको फ्रन्ट लुक्स निकै बल्कि र स्पोर्टी देखिन्छ भने साईड प्रोफाइल र रियर लुक्स समेत निकै आकर्षक छ ।
एमजी एस–५ मा पानारोमि सनरुफ, १८ इन्चको मल्टि स्पोक एलोई ह्विल, हिटिङ तथा भेन्टिलेसन सहितको लेदर सिट, १५।६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०।२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस मोबाइल चार्जिङ, एडप्टिभ क्रुज कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायत फिचर पाउन सकिन्छ ।

यस्ता छन् एमजी एस–५का बिशेषता

१. रियर ह्वील ड्राइभ
३. ⁠अल्ट्रा थिन - विश्वको सबैभन्दा पातलो ब्याट्री
४. ⁠प्रवेश-स्तर मोडेल ४९.१ kWh लिथियम आइरन फस्फेट (LFP) ब्याट्री , जसले ३४० किलोमिटरको प्रभावशाली WLTP दायरा प्रदान गर्दछ।
५. ⁠ उच्च-विशिष्ट ६२.२ kWh भेरियन्टले दायरा ४३० किलोमिटरसम्म विस्तार गर्दछ।
६. ⁠EV ले ७.१ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किलोमिटर/घण्टाको गति लिन सक्छ र यसको अधिकतम गति १७५ किलोमिटर/घण्टा छ। ⁠

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?