National life

नेपाली बजारमा एसयूभी नयाँ टाटा सफारी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
542Shares
नेपाली बजारमा एसयूभी नयाँ टाटा सफारी सार्वजनिक, यस्तो छ विशेषता र मूल्य
ncell

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा सार्वजनिक गरेको छ।

सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ सफारीको बिक्रीवितरण गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए। ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो।

शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘ल्यान्ड रोभरको डी ८ प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ’,,सीईओ श्रेष्ठले भने

‘नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिररका ग्राहकहरुको पहिलो रोजाइमा पर्ने कम्पनीकोे विश्वास छ । कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधासहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध छन्।

विशेषताहरु

टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्विटर + सबउफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमलगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन्।

सुरक्षामा ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ। यस्तै, ३६० डिग्रीको सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचरसहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार छ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शो–रुमहरुमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?