National life

पोखरामा सीजी मोटर्सको भव्य प्रवेश : WADA अटो शो २०२५ मा नयाँ भर्सन अनावरण गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
885Shares
पोखरामा सीजी मोटर्सको भव्य प्रवेश : WADA अटो शो २०२५ मा नयाँ भर्सन अनावरण गरिने
ncell

पोखराले ऐतिहासिक अटोमोटिभ क्षण अनुभव गर्यो, जब पहिलो पटक WADA अटो शो २०२५ पोखरामा आयोजना भयो। यो कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको छ।

पोखरा महानगरपालिकाका सम्माननीय मेयर धनराज आचार्यद्वारा उद्घाटन गरिएको यस भव्य समारोहमा CG मोटर्सले आफ्ना तीन प्रमुख EV मोडेलहरू - Riddara 4WD, CG KYC नयाँ भर्सन, र AION V को आधिकारिक रूपमा सार्वजनिक अनावरण गर्यो।

AION तथा XPeng ब्रान्डका लागि Rays Motors पोखराको आधिकारिक च्यानल पार्टनर हो भने TT Globals ले Riddara, CG KYC EV Van, तथा CG Motors अन्तर्गतका अन्य ब्रान्डहरू पोखरामा प्रतिनिधित्व गरिरहेको छ।

Riddara 4WD: नेपालको पहिलो १००% विद्युतीय पिकअप प्लेटफर्म

Riddara केवल गाडी होइन, यो नेपालको EV यात्रा भित्र एउटा नयाँ युगको सुरुवात हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशकै पहिलो १००% विद्युतीय पिकअप प्लेटफर्मको रूपमा, यसको 4WD संस्करणले ७३ kWh ब्याट्रीसहित ४२४ किमीको रेन्ज, ९५% ग्रेडएबिलिटी, र २२५ मिमी ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ। LED टेललाइट, विशेष Riddara फ्रन्ट ग्रिल, सात प्रिमियम बाह्य रंग र तीन आन्तरिक थिमहरूले यसको डिजाइनलाई शक्तिशाली र स्टाइलिस बनाउँछ।

यसमा विद्युतीय सनशेडसहितको प्यानोरामिक सनरूफ, अगाडि र पछाडिका भेन्टिलेटेड लेदर सिटहरू, र चारै पांग्रामा स्वतन्त्र सस्पेन्सन छन्। सुरक्षाका लागि ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा, ADAS Level 2, र १५ उन्नत ड्राइभिङ्ग फिचरहरू (ACC, AEB, BSD, FDA, RCW, LKA) उपलब्ध छन्। ३०%-८०% चार्ज कम्तीमा ३० मिनेटमा हुने Rapid चार्जिङ प्रणाली, र ६kW पावर आउटलेट सहितको ट्रक बेडले यसलाई अझ व्यावहारिक बनाएको छ। Riddara नेपालमा GB/T चार्जिङ पोर्टसहित उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?