काठमाडौँ। चर्चित मोबाइल ब्रान्ड मोटोरोला लाई चौधरी ग्रुपले अब नेपालमा आधिकारिक रूपमा भित्र्याएको छ ।
बिहीबार साँझ एक कार्यक्रमका बिच मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको हो। नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न पसन्द र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक गरेको छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले उक्त मोटोटोला ब्रान्डका मुख्य विशेषताहरूको बारेमा चर्चा गरेका थिए ।
शुद्ध एन्ड्रोइड अनुभव – मोटोरोला स्मार्टफोनहरुमा कुनै bloatware नहुने, छिटो र सहज प्रयोग गर्न सकिने एन्ड्रोइडको अनुभव पाइन्छ। प्रभावशाली फिचरहरु – शक्तिशाली RAM, ठूलो स्टोरेज र अग्रिम क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट बनाउँछ, र त्यो पनि उत्कृष्ट मूल्यमा ।
• मजबुत निर्माण – मोटोरोला स्मार्टफोन पानी प्रतिरोधी र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ हुन्छ । नवीन प्रविधि – फोल्ड गर्न मिल्ने डिस्प्लेदेखि तात्कालिक प्रविधिसम्म, मोटोरोलाले सधैँ नयाँ प्रविधि ल्याउँदै आएको छ।
नेपालका लागि विशेष मूल्य – नेपाली बजारलाई ध्यानमा राख्दै उचित मूल्यमा प्रिमियम फिचरहरू प्रदान गरिनेछ।
पाली उपभोक्ताहरूको लागि उपयुक्त स्मार्टफोनहरू
नयाँ मोटोरोला स्मार्टफोनहरूमा समावेश छन्ः
मोटो जी ४५ : ८ जीबी र्याम र १२ जीबी स्टोरेज क्षमता रहेको यो फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ छ ।
मोटो जी६४ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य २७ हजार ४९९ छ । यसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३० हजार ९९९ छ ।
मोटो जी८५ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३४ हजार ४९९ रुपैयाँ छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३७ हजाार ४९९ रुपैयाँ छ ।
मोटो एज ५० फ्युजन : १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य ४६ हजार ४९९ रुपैयाँ छ ।
मोटो जी ५, मोटो जी३५, मोटो एज ५० र मोटो रेजर ५० को मूल्य भने सार्वजनिक हुन बाँकी छ ।



































