काठमाडौँ । आगामी भदौ ३ गते (अगस्ट १९) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो २०२५ मा फोटोन दमदार तयारीका साथ सहभागी हुँदैछ। कम्पनीले आफ्ना स्टलहरू मार्फत नयाँ प्रविधि र मोडल प्रस्तुत गर्ने तयारी गरेको छ।
फोटोनले स्टल नम्बर A7 मा आफ्नो चर्चित टुनल्यान्ड पिकअप प्रदर्शन गर्दैछ, जसले २३ दिनमै नेपालका ८ वटा अफ-रोड गन्तव्य पार गरेर नयाँ इतिहास बनाएको थियो। बलियो इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र सबल सस्पेन्सनसहितको यो पिकअप व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त मानिन्छ।
यसै स्टलमा आगन्तुकहरूले युनिक यूनिट्री ह्युमानोइडसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् । यो रोबोटिक्स प्रविधिको अनुपम झलक हुनेछ, जसले प्राविधिक अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै, स्टल नम्बर J4 मा फोटोनका अन्य सवारी साधनहरू जस्तै माउन्टेन ईभी TM1 मोडलहरू प्रस्तुत गरिनेछ। त्यसैगरी, स्टल नम्बर J6 मा सोकोन ब्रान्डको विद्युतीय भ्यान सार्वजनिक गरिनेछ, जुन व्यवसायिक प्रयोजनका लागि वातावरणमैत्री समाधानको रूपमा प्रस्तुत गरिएको छ।
बढ्दो हरित यातायातको मागसँगै फोटोन र सोकोनका विद्युतीय गाडीहरू शहरी र सहरी क्षेत्रका लागि उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ। अटो शोले नयाँ मोडलहरूको अवलोकन, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद तथा सहुलियतपूर्ण अफर र फाइनान्स सुविधा प्राप्त गर्ने अवसरसमेत प्रदान गर्दैछ।



































