काठमाडौं । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असोज ३ गतेदेखि ८ गतेसम्म चल्ने यस एक्सचेन्ज मेला मार्फत पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज बाइक लिन सकिने कम्पनीले जनाएको छ।
ग्राहकलाई लक्षित गरी ल्याइएको योजनाअनुसार २२ भन्दा बढी भ्यालुएटर्समार्फत पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन पाउने सुविधा छ। साथै, १० हजार रुपैयाँसम्मको एडिसनल भ्यालुएशन, आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा पनि उपलब्ध गराइनेछ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सकिनेछ। जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज मोटरसाइकल खरिद गर्न सकिने सुविधा पनि दिइएको छ।
नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने कम्पनीले स्पष्ट पारेको छ। शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमार्फत पनि अन–द–स्पट फाइनान्स सुविधा लिन सकिने व्यवस्था मिलाइएको छ।
यसअघि नै बजाजले दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ योजना सार्वजनिक गरिसकेको छ। यस अन्तर्गत ग्राहकले खेलमा जति धेरै रन, त्यति धेरै पुरस्कार पाउनेछन्। सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद र चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर समेत पाउने व्यवस्था गरिएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्वका अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जनाएको छ।



































