काठमाडौँ । विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन् । उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरे । यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको छ ।
“मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,” धिरेन मान श्रेष्ठले भने ।
श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले देखाउँछ कि ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् । “यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ”, उनले थपे ।
बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।
बजाज चेतक ईभीका बारेमा
बजाज चेतक ईभी दक्षता, टिकाउपन र स्टाइलका लागि डिजाइन गरिएको एक प्रिमियम इलेक्ट्रिक स्कूटर हो । यसको सहज सवारी अनुभव र वातावरणमैत्री प्रविधिले नेपालमा शहरी तथा साहसिक यात्राको नयाँ पुस्ता प्रतिनिधित्व गर्छ

































