National life

भेस्पा स्कुटरको नयाँ लाइनअप नेपालमा सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
510Shares
भेस्पा स्कुटरको नयाँ लाइनअप नेपालमा सार्वजनिक
ncell

काठमाडौं । नेपालमा भेस्पा स्कुटरका नयाँ मोडलहरू औपचारिक रूपमा सार्वजनिक भएका छन् । नेपालको अधिकारिक भेस्पा वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ प्रिमियम स्कुटरहरू बजारमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी नयाँ मोडलहरू वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, प्रिमियम डिजाइन र आकर्षक रंगहरूमा उपलब्ध हुने जनाइएको छ।

नयाँ भेस्पा लाइनअपमा तीन मोडलहरू समावेश छन्। भेस्पा एसएच १२५ मूल्य रु. ३,४९,००० मा उपलब्ध हुनेछ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणको संयोजन प्रस्तुत गर्दछ। यस मोडलका रंगहरूमा पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जा रहेका छन्।

भेस्पा १२५ मूल्य रु. ३,९९,००० मा उपलब्ध हुनेछ। यसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ। उपलब्ध रंगहरूमा ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक र पर्ल ह्वाइट रहेका छन्।

त्यसैगरी, भेस्पा एस १२५ मूल्य रु. ४,०९,००० मा प्रस्तुत गरिएको छ। यो मोडल स्पोर्टी र स्टाइलिश लुक प्रदान गर्छ र पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो तथा ग्लोसी ओरेंज रंगमा उपलब्ध छ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “भेस्पा केवल स्कुटर होइन, यो देशको ऐतिहासिक र सांस्कृतिक पहिचानको प्रतीक हो। नयाँ मोडलहरूले शैली, नवप्रवर्तन र गुणस्तरमा हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै नेपालमा भेस्पालाई लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने हाम्रो लक्ष्यलाई अघि बढाउँछ।”

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?