National life
cg eloctronics

मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ सकियो, यी हुन् प्रदर्शनीमा राखिने ब्रान्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
709Shares
मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ सकियो, यी हुन् प्रदर्शनीमा राखिने ब्रान्ड
muktinatha bikash bank

काठमाडौं । नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ बन्द भएको छ । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले ‘मोबिलिटीमार्फत विकासलाई सशक्त बनाउँदै’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको हो ।

उक्त अटो प्रदर्शनी आउँदो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार प्रदर्शनीमा ४४ स्टल उपलब्ध गराइएकामा ४८ वटा स्टलका लागि आवेदन परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने नाइमा अध्यक्ष रितुसिंह वैद्यले बताइन् । मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन् ।

यी हुन्ए क्स्पोमा सहभागी हुने ब्राण्डहरू

चारपांग्रेतर्फ : हुन्डाई, किया, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, केई, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।

everest bank

दुईपांग्रेतर्फ : सुजुकी, एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

कमर्शियलतर्फ : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?