काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभल अफर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यो अफर अन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार फेस्टिभल अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने छ।
यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध गराइने बैंकको भनाई छ ।
भदौ १ गतेबाट लागू भएको यो अफर आगामी कार्तिक मसान्तसम्म कायम हुनेछ । भने यस विषयमा आवश्यक जानकारी आवश्यक परेको खण्डमा नजिकको कार्यालयमा सम्पर्क गर्नका लागि बैंकले जनाएको छ।

































