National life

रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
519Shares
रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा सम्पन्न
ncell

काठमाडौँ । रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा रोयल इनफिल्ड महा राइड सम्पन्न गरिएको छ।

एतिहासिक राईड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यो यात्रा सिन्धुलीसम्म पुर्‍याइएको थियो । राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको उल्लेख छ ।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल भएको थियो। थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको उल्लेख छ ।

कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो ।

सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्त्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव रन्जित यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवर्द्धन पनि गर्न चाहन्थे ।

आयोजकले यात्राको मुख्य उद्देश्य निम्न छन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन:

“घुमौँ मधेश, बुझौँ मधेश’’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु¥याउने ।

नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर ।

सडक सुरक्षा प्रोत्साहन स् अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु ।

राइडर समुदाय बलियो बनाउने प्रयास: समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व बिकास ।

रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?