National life

वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.3kShares
वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर
ncell

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ । पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ ।

बीवाईडी एट्टो १ – तपाईंका लागि डिजाइन गरिएको, सहरका लागि बनेको : यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो । व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीवाईडी एट्टो २ – तपाईको पहिलो एसयूभी, अब इलेक्ट्रिक : यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो । प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयूभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ ।

बीवाईडी एट्टो ३ – नेपालकै नम्बर १ एसयूभी : बीवाईडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन् ।

पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुनेछ ।

यस अन्तर्गत


  • ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी

  • १ वर्षको फ्रि इन्स्योरेन्स

  • १ वर्षको सडक दस्तुर छुट

  • आकर्षक नगद छुट

  • फ्रि एसेसरिज

  • कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ ।


  • बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ ।

    यसै सन्दर्भमा बोल्दै साइमेक्स इंकका प्रतिनिधिले भन्नुभयो, ‘काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौ ।’

    अवलोकनकर्ताहरुले सवारी साधनहरु अवलोकन गर्न, विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न र सो इभेन्टमा मात्र उपलब्ध हुने अफरको फाइदा लिन सक्नु हुनेछ ।

    थप जानकारी र बुकिङका लागि, यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ः

    ९८०२८५७७६७/९८०२८५३०९८

     

     

    यो समाचार शेयर गर्नुहोस्
    1.3kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?