काठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । कम्पनीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म विराटनगरस्थित महावीर चोक (धरान रोड) मा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको हो ।
मेलामा ग्राहकहरूले नागरिकता देखाएर बजाजको कुनै पनि बाइक किन्न सक्नेछन् । मेलामा शून्य प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप दश हजार रुपैयाँसम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकता पर्ने गर्दथ्यो । यो खालको नियमलाई पूर्ण रूपमा हटाइएको कम्पनीले जनाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउन सक्नेछन् ।





































