National life

विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक, बीवाइडी सूचीको २१२औं स्थानमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
774Shares
विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक, बीवाइडी सूचीको २१२औं स्थानमा
ncell

काठमाडौँ । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले सन् २०२३ को सूची बाहिर ल्याएको छ। सो सूचीको २१२ औं स्थानमा चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो स्थान सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ।

सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोबिल सामेल छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजबुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चूनले उल्लेख गरेको छ। सो आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ।

बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गरिएको छ। कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्। बीवाइडी चीनको सबैभन्दा ठूलो मध्ये एक अटोमोबाइल कम्पनी समेत हो। सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ। सो ब्रान्डलाई नेपालका लागि आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोबार गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?