National life

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा वृद्धि : दुई महिनामै सात अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
468Shares
वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा वृद्धि : दुई महिनामै सात अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा एक अर्ब ७५ करोड रुपैयाँ बढी हो । गत वर्षको पहिलो दुई महिनामा पाँच अर्ब २५ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा सवारीसाधन आयात उत्साहजनक देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार आयात वृद्धिसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

गत वर्षको पहिलो दुई महिनामा सवारीसाधन आयातबाट चार अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आवको सोही अवधिमा यो रकम बढेर छ अर्ब १३ करोड ९२ लाख पुगेको छ ।

सवारीसाधन आयातको विवरण:

चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भए । गत वर्षको सोही अवधिमा ५१ करोड ६२ लाख मूल्यका २९५ वटा जीप, कार र भ्यान आयात भएका थिए ।

चालु आवमा दुई अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनअसेम्बल मोटरसाइकल भित्रिए । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा मोटरसाइकल आयात भएका थिए ।

यसै अवधिमा ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा अन्य बस–ट्रकका चेसिस आयात भएका छन् । समग्रमा, चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा सवारीसाधन र पार्टपुर्जा आयात तथा त्यसबाट राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?