National life

शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र वीरगंजमा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
520Shares
शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र वीरगंजमा उद्घाटन
ncell

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजको प्रतिमा चोकमा नयाँ विद्युतीय सवारी साधन विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरे।

उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्न आवश्यक रहेकोमा जोड दिए। उनले विद्युतीय सवारी साधनले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै विक्री पछिको सेवा अझ सहज र प्रभावकारी बनाउने योजना रहेको उल्लेख गरे।

कम्पनीले वीरगंज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा पनि शाखा विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ। उद्घाटन समारोहमा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको थियो।शशीला मोटर्सले हाइगर, किटोन र भेन्ची लगायतका विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको विक्री गर्दै आएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?