काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउँदैछ।
२४८+ जीबीटी र २४+ सीसीएस्-२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै, सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक, र सहज बनाउँदैछ।
चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सीजी मोटर्सले रेन्ज एंग्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको छ।
ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले CG Cares App पनि सुरु गर्ने योजना बनाएको छ। यस एपबाट २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर: +९७७ ९७०७०९४२०७), सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिन्छ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ।नेपालको २४८+ स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ।


































