National life

सरकारको राहत प्याकेजलाई नाडाले भन्यो स्वागतयोग्य

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
711Shares
सरकारको राहत प्याकेजलाई नाडाले भन्यो स्वागतयोग्य
ncell

काठमाडौं । हालैको जेन–जी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीडा सम्बोधन गर्न सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ। नाडाले यस कदमले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र पुनरुत्थान गर्न सरकारले स्पष्ट सन्देश दिएको जनाएको छ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई अटोमोबाइल उद्योगलाई पुनर्जीवित गर्न राहत प्याकेज ल्याउन आग्रह गरेको थियो। सो आग्रहलाई सरकारले प्राथमिकतासाथ सम्बोधन गरेकोमा उद्योगी व्यवसायी आत्मबल पाएको नाडाको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्रमा पर्छ। यसले हजारौँ रोजगारी सिर्जना गर्ने, कर–राजस्वमा उल्लेख्य योगदान दिने र आधुनिक जीवनशैलीलाई सहज बनाउने भूमिका खेल्दै आएको छ। तर हालको आन्दोलनका कारण शोरुम, गाडी, गोदाम तथा सम्पत्तिमा क्षति पुगेको, आपूर्ति श्रृंखला अवरुद्ध भएको र ग्राहक विश्वास घटेको अवस्थामा सरकारले ल्याएको प्याकेजले राहत दिने नाडाको विश्वास छ।

सरकारद्वारा घोषणा गरिएका मुख्य प्रावधानहरूमा क्षतिको ५० प्रतिशत अग्रिम भुक्तानी, कर्जामा सहजता, भन्सार तथा करमा छुट, प्रभावित ऋणीलाई साँवा र ब्याज भुक्तानी अवधि थप, सहुलियत दरमा कर्जा, पेरोल प्रोटेक्सन स्किममार्फत रोजगारी सुरक्षित गर्ने व्यवस्था र व्यापार सहजीकरणका लागि दशैंबाहेक अन्य विदामा पनि सरकारी कार्यालय र बैंक खुला रहने सुविधा छन्।

यी प्रावधानहरूले प्रभावित व्यवसायीलाई प्रत्यक्ष राहत दिने र कर्मचारीहरूको रोजगारी सुरक्षित गर्ने अपेक्षा गरिएको नाडाको भनाइ छ। साथै नाडाले एलटीपी सहजता सम्पूर्ण सवारी साधनमा विस्तार गर्न आग्रह गर्दै यसो भएमा माग बढ्ने, लगानी प्रवाह सुगम हुने र राजस्व निरन्तरता रहने जनाएको छ।

नाडाले दीर्घकालीन रूपमा ईभी रोडम्याप, कस्टम्स सुधार र पूर्वाधार विस्तारमा सरकारको ध्यान आवश्यक रहेको उल्लेख गर्दै यसले हरित विकास, ऊर्जा सुरक्षाको मजबुतीकरण र अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्ने मार्ग खोल्ने धारणा सार्वजनिक गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?