National life

सात हजार बढी विद्युतीय गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
1.4kShares
सात हजार बढी विद्युतीय गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख राजस्व सङ्कलन
ncell

काठमाडौँ। भन्सार विभागको तथ्याङ्कअनुसार  चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ हजार ९३ विद्युतीय गाडी आयात भएको छ ।

चैत मसान्तसम्ममा १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँको ७ हजार ९३ वटा विद्युतीय आयात भएको हो। चैतसम्ममा आयात भएको विद्युतीय गाडीको सङ्ख्या मध्येमा यो हालसम्मकै उच्च हो। यसअघि नेपालले एक आर्थिक वर्षमा पनि उक्त सङ्ख्यामा विद्युतीय गाडी आयात गरेको थिएन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले बजेटमार्फत विद्युतीय सवारी साधन प्रयोग बढाउन छुटको व्यवस्था गरेसँगै विद्युतीय गाडीको प्रयोगकर्ता बढ्दै गएका भन्सार विभागको भनाई रहेको छ । चालु आवमा नेपालले १७ अर्बको विद्युतीय गाडी आयात गर्दा सरकारले ७ अर्ब ७८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै नेपालले चैतमा मात्रै ६५८ वटा विद्युतीय गाडी आयात गरेको छ ।

नेपालले ९ महिनाको अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडी आयात भएको विभागको तथ्याङ्क छ। ९ महिनामा ११ अर्ब ४६ करोड ९९ लाख रुपैयाँको ४ हजार ७७ वटा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको आयात भएको हो ।

त्यसै गरी नेपालले ५० किलोवाटसम्मको ५ अर्ब ४० करोड २९ लाख रुपैयाँको २ हजार ९०२ वटा विद्युतीय गाडी आयात गरेको छ । साथै १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ९३ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २१ वटा विद्युतीय गाडी आयात गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?