National life

सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस: भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
2.3kShares
सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस: भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’
ncell

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ। कार्यक्रम वि.सं. २०८३ जेठ ६ गतेदेखि जेठ ११ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गर्न लागेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिनेछन्।

व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ।

विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी, फ्लीट अपरेटर तथा सार्वजनिक तथा व्यावसायिक यातायातमा ईभी अपनाउन चाहनेहरूका लागि यो कार्निभल उपयोगी हुने अपेक्षा गरिएको छ।

सीजी मोटर्सका अनुसार, यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायाततर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि हो। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई ईभी अपनाउने निर्णय अझ सहज बनाउन कार्निभल केन्द्रित रहनेछ।

कार्यक्रम विवरण:

कार्यक्रम: महा मेला एक्सचेन्ज कार्निभल
स्थान: भृकुटीमण्डप, काठमाडौं
मिति: २०८३ जेठ ६ देखि ११ गतेसम्म
समय: बिहान ९:३० बजेदेखि साँझ ६ बजेसम्म
आयोजक: सीजी मोटर्स
प्रदर्शनीमा रहने ब्रान्डहरू: रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ र किङलङ १४ सिटर तथा १६ सिटर ब्लेड ब्याट्री मोडलहरू

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?