National life

सी.जी. मोटर्सले फ्यूचर ई.भी. कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
666Shares
सी.जी. मोटर्सले फ्यूचर ई.भी. कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै
ncell

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सी.जी.मोटर्सले अभतार, रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, सी.जी.के.वाइ.सी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सी.जी. मोटर्सको आधिकारिक वितरक,फ्युचर मोटर्सले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इ.भी.कार्निभल सुरु गरेको छ। यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ।

कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने छ र यसमा रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, र सी.जी.के.वाइ.सी.का सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्। ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन्।

साथै,कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?