National life

स्काईवेलको एक्सचेञ्ज अफर : लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ जेठ २०८२, शनिबार
729Shares
स्काईवेलको एक्सचेञ्ज अफर : लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने
ncell

काठमाडौं । नेपालका लागि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बितरक जि मोटर्स प्रा.लि.ले स्काईवेल एक्सचेञ्ज अफर : अपग्रेड टू स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयुभी सार्वजनिक गरेको छ ।

प्री बजेटको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटबाट मूल्यवृद्धि हुनुअगावै लक्जरी, प्रीमियम ईभी र रियल एसयुभिमा अपग्रेड हुने चाहनेका लागि सुनौलो मौकाको रुपमा यो अफर ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, ईटहरी-सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुमबाट यो अफरमा सहभागी हुन सकिने जारी एक विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त अवसरमा हरेक स्काईवेल खरिद गर्ने प्रत्येकले चाहेको जोडीले युरोप टुरको अवसर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनस समेत प्राप्त गर्नेछन् ।

स्वपूँजी कम हुनेका लागि २० प्रतिशत डाउनपेमेन्ट दिएर फाईनान्सको सुविधा समेत रहेको जी। मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए। एक्सचेन्ज अफर २०८२ जेठ २ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म चल्ने बताइएको छ ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि-५, ६२० किमि प्रीमियम बिद्युतीय एसयुभि बिक्री वितरण भईसकेका छन् भने शुरु भएको एक्सचेञ्ज अफरअन्तर्गत ७ वटा बुकिङ पनि भइसकेको छ । ईटि-५, बिई-११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयुभि बिक्रीका लागि उपलब्ध छन् ।

नेपाली ग्राहकले यूरोपियन बजारमा अत्यधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्नसक्ने कम्पनीको दाबी छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जस्तै स् जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।

 

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?