काठमाडौँ । स्कोडा नेपालले यस चाडपर्वको अवसरमा ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक नयाँ अभियान सुरु गरेको छ। अभियान अन्तर्गत ग्राहकहरूले विशेष सुविधा र रोमाञ्चक अनुभव पाउनेछन्।
‘फास्ट एण्ड फियरलेस’ थिममा आधारित यस अभियानमार्फत ग्राहकहरूले स्कोडाका कुनै पनि मोडल खरिद गर्दा २०५ डाउनपेमेन्ट र चार लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। साथै, ग्राहकहरूले कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अनौठो अवसरसमेत पाउने छन्, जुन जीवनमा एक पटक पाइने अनुभव हो।
स्कोडाले यस अभियानमार्फत चाडपर्वको उत्सवलाई अझ रोचक बनाउन केवल गाडी मात्र नभई अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ। कम्पनीका अनुसार स्कोडाका डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा नयाँ मानक तय गरिरहेको छ।
नेपालभरिका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको छ। स्कोडाले यस अभियानमार्फत आफ्नो ग्राहक समुदायप्रति कृतज्ञता व्यक्त गर्दै अझ राम्रो सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ।



































