काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले आन्तरिक हवाई उडान सहज बनाउने गरी काम गरिरहेको बताएका छन्।
उड्डयनमन्त्री पाण्डेले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन्। मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे।
चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए।
उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताए। त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरैभन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताए। रात्रिकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताए। यात्रा सहज बनाई यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको बताए।


































