National life

नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ ल्याउँदै नामी, फिचर्स र मूल्यबारे खुलासा हुँदै

नयाँ पुस्ताको ‘नामी बक्स’ नेपाली बजारमा आउँदै, ईभी बजारमा प्रतिस्पर्धा बढ्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
1.1kShares
नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ ल्याउँदै नामी, फिचर्स र मूल्यबारे खुलासा हुँदै
ncell

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको नामीले नयाँ पुस्ताको ‘नामी बक्स’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ मोडल ल्याउन लागेको हो।

सन् २०२४ मा नेपालमा पहिलोपटक सार्वजनिक भएको नामी बक्सले आकर्षक डिजाइन, फराकिलो भित्री भाग, आधुनिक सुविधासहित नेपाली बजारमा राम्रो उपस्थिति बनाउन सफल भएको कम्पनीको दाबी छ। विशेषगरी सहरी क्षेत्रमा दैनिक प्रयोगका लागि उपयुक्त डिजाइन र विद्युतीय सवारीको व्यावहारिकताका कारण यो मोडलले उपभोक्ताको ध्यान खिचेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी ब्रान्डका सवारीसाधन सञ्चालनमा आइसकेका छन्। यससँगै नेपाली विद्युतीय सवारी बजारमा नामीको उपस्थिति पनि विस्तार हुँदै गएको छ।

यसअघि नामी भिगो ई–२ सार्वजनिक गरिसकेको कम्पनीले अब नयाँ पुस्ताको नामी बक्समार्फत आफ्नो विद्युतीय सवारीको दायरा थप विस्तार गर्न लागेको हो। नयाँ मोडलमा अघिल्लो संस्करणको तुलनामा डिजाइन, सुविधा र प्रविधिमा थप सुधार हुने अपेक्षा गरिएको छ।

नयाँ नामी बक्समा उपलब्ध हुने फिचर्स, प्राविधिक विवरण, ब्याट्री क्षमता, रेन्ज र मूल्यबारे कम्पनीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन। यी विवरण नाडा अटो शो २०२६ को अवसरमा सार्वजनिक गरिने बताइएको छ।

विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको अवस्थामा नयाँ नामी बक्सको आगमनले कम्प्याक्ट विद्युतीय सवारीको बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?