National life

नेपाली सडकमा १००० बढी नामी- नेपालमै तीव्र गतिमा विस्तार भइरहेको प्रिमियम ह्याचब्याक!

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.2kShares
नेपाली सडकमा १००० बढी नामी- नेपालमै तीव्र गतिमा विस्तार भइरहेको प्रिमियम ह्याचब्याक!
ncell

काठमाडौं। एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ।

एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धि नेतृत्वको उपस्थिति थियो। कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकहरूमा यो निकै लोकप्रिय बन्यो। यसमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट-फर्स्ट फिचरहरूका साथै लेभल २ ADAS, वायरलेस चार्जिंग र भेन्टिलेटेड सीटहरू जस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन्।

नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन् ।

कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्छ।”

बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको इभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?