National life

नाडा अटो शोमा कुन–कुन कार ब्राण्ड आउँदैछन् ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०२ भदौ २०८३, मङ्गलबार
1.1kShares
नाडा अटो शोमा कुन–कुन कार ब्राण्ड आउँदैछन् ?
ncell

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ गतेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नाइमा मोबिलिटी एक्स्पो सकिएको करिब एक सातापछि नै अर्को ठूलो अटो प्रदर्शनी हुन लागेको हो।

नाडाले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा यसपटकको अटो शोलाई विशेष बनाउने तयारी गरेको जनाएको छ। प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसहित विभिन्न क्षेत्रका ५१ ब्रान्ड सहभागी हुने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्ये चारपांग्रे सवारीका मात्रै २२ ब्रान्ड रहनेछन्।

यसपटकको प्रदर्शनीमा विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीका विभिन्न ब्रान्ड देख्न पाइनेछ। रिडारा, आयोन, जेएमईभी, टाटा, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चाङ्गान, प्रोटोन, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेललगायत ब्रान्ड सहभागी हुँदैछन्।

नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएका केही ब्रान्डले नाडा अटो शोमा समेत उपस्थिति जनाउने भएका छन्। एउटै अवधिमा फरक–फरक प्रदर्शनीमार्फत बजार विस्तार र बिक्री बढाउने उद्देश्यले व्यवसायीहरूले दुवै कार्यक्रममा सहभागिता जनाउन लागेको बताइएको छ।

व्यावसायिक सवारीतर्फ पनि उल्लेख्य सहभागिता रहनेछ। फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, डोङफेङलगायत १७ ब्रान्डले हल्का व्यावसायिक सवारी प्रदर्शनीमा राख्नेछन्।

दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत ब्रान्ड सहभागी हुनेछन्।

अटो शोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ। नबिल, एनआईसी एशिया, लक्ष्मी सनराइज, प्रभु, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, ग्लोबल आईएमई, महालक्ष्मी विकास बैंक, शिखर इन्स्योरेन्स र गोर्खाज फाइनान्सलगायत संस्थाले स्टल राख्ने भएका छन्।

सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वित्तीय संस्थाहरूले आकर्षक ब्याजदर तथा कर्जा योजनासमेत ल्याउने तयारी गरेका छन्। यसले अटो शोमा सवारी अवलोकनसँगै तत्कालै वित्तीय सुविधा प्राप्त गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यसका अतिरिक्त टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य अटोमोबाइल सामग्रीका कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?