काठमाडौं । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आज भदौ १६ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएकोे १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेका छन् ।
निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो ।
त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रीडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जि प्रा।लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम।ए।डब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा।लि भिडोलले जितेको छ ।
नाडा अटो शो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निबर्तमान अध्यक्ष डा।धु्रव थापा, पूर्व अध्यक्ष— , बरिष्ठ उपाध्यक्ष श्री आकाश गोल्छा प्रदेश उपाध्यक्षद्धय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थियो । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा।लिले गरेको थियो र प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।
नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा रक्तदान गर्न चाहने कूल १२८ जना मध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गर्नु भएको थियो ।
सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिएका थिए । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरी कै अध्यक्षतामा ५ सदसिय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएकोे थियो ।


































