National life
cg eloctronics

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
2.1kShares
इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन
muktinatha bikash bank

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

क्याम्पेनका मुख्य विशेषताहरूः . १ राइड = १ लक्की – ड्र टिकट (जति धेरै राइड, उति धेरै जित्ने मौका)

मेगा गिभअवेमा सहभागी हुनः . राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ ।

आकर्षक पुरस्कारहरूः . १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे) प्रोमो कोड पुरस्कारः . १,००० जनालाई १५% क्यासब्याक (अधिकतम रु ५०) . १,००० जनालाई रु २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड . १०० जनालाई खल्ती प्रो मा अपग्रेड

everest bank

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भन्नुभयो, “हामी प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिन्छौं । ‘राइड मोर, विन मोर’ क्याम्पेन मार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौं र अझ धेरै मानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौं । जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ ।”

खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले भन्नुभयो, “इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदैछौं । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ ।”

यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिनेछ ।

थप जानकारीका लागि इनड्राइभ नेपालका सामाजिक सञ्जालहरूमा अपडेट हेर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?