National life

घरजग्गा र उद्योग व्यवसायपछि लिलामीको लाइनमा सार्वजनिक यातायात, ’बस चढ्नै नपाउने डर’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
709Shares
घरजग्गा र उद्योग व्यवसायपछि लिलामीको लाइनमा सार्वजनिक यातायात, ’बस चढ्नै नपाउने डर’
ncell

बिजय फुयाँल

काठमाडौं । घरजग्गाबाट सुरु भएको लिलामीको यात्रा सार्वजनिक यातायातका साधनहरुमा पनि पुगेको छ । आर्थिक गतिविधि खुम्चिँदा त्यसको असर सार्वजनिक यातायातमा पनि परेको र व्यवसायीले बैंकको कर्जा भुक्तान गर्न नसक्दा यातायातका साधनहरु लिलामीमा चढेको यातायात व्यवसायीहरूले बताएका छन् ।

नेपालको सार्वजनिक यातायात क्षेत्रलाई राज्यले संरक्षण गर्ने नसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

नीति निर्माण तहदेखि लिएर सबै तहमा संरक्षण गर्नुपर्नेमा नेपाली नागररिकको ठूलो लगानी भएको तथा सर्वसाधारण सवार गर्ने यातायात क्षेत्र नै ध्वस्त हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राज्यको नीतिले समेट्नै सकेन

’हाम्रो यत्रो लगानी भएको छ । न राज्यले लगानीको संरक्षण हुने काम गर्छ, न कामदारको इज्जत र प्रतिष्ठा नै हुन्छ ।’ उनले भने, ’आर्थिक अवस्था धरासायी बन्दै गएकोले धेरै व्यवसायीहरुले किस्ता तिर्न सकिरहेका छैनन् । दिनदिनै ब्ल्याक लिस्टमा परिरहेका छन । अबको केही समयमा हजारौ सार्वजनिक सवारीका साधन लिलाममा जाँदैछन् । अवस्था निकै दयनीय छ ।’

गाडी प्रशस्त रुपमा गुडीरहेपनि व्यावसायीको आन्तरिक व्यथा निकै डरलाग्दो रहेको उनको भनाइ छ ।

उनका अनुसार ५ देखि १० प्रतिशत व्यावसायी मात्रै फाइदामा रहेको र अरु सबैको अवस्था नाजुक रहेको छ । २० प्रतिशत व्यावसायीको लगानी तथा ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यावसायीहरुले बैंकको किस्ता तिर्न सकेका छैनन् ।

नेपालको बजेट र नीति तथा कार्यक्रमले यातायात क्षेत्रलाई नसमेट्नू, देशभरीका ग्रामिण तथा दुर्गम क्षेत्रमा जाने बाटोलाई समय र परिस्थिति अनुसार नियाल्न नसक्नु पनि राज्यको ठूलो समस्या रहेको सिटौलाले बताए ।

बीमा कम्पनीको ढिला सुस्ती

बीमा कम्पनीको ढिला सुस्तीका कारण पनि यातायात व्यावसायमा ह्रास आएको सिटौलाको भनाइ छ। ‘बीमा पछिको नीति प्रष्ट रुपमा बनाउँन नसक्नुले पनि हाम्रो व्यावसायमा समस्या आएको छ’, उनले भने, ‘बीमा प्राधिकरणले आफू अनुकुलको नीति बनाउँछ, यसमा हाम्रो आपत्ति छ । दुर्घटना पछि बीमा कम्पनीले भुक्तानी दिन असाध्यै ढिलो गरिदिन्छन् ।

बीमा पोलिसी बनाउँछन्, उनीहरुलाई पैसा बुझाउने बेला समयमै लिन्छन् तर कार्यान्वयनको पाटोमा बीमा प्राधिकरणले पनि चासो दिन्न, बीमितले कागजात पु¥याएर गएपछि त भुक्तानी दिनुपर्छ नि ? तर झुलाइदिन्छन् । हामीले नै जम्मा गरेको पैसा दिन पनि किन ढिला ?’ बीमा कम्पिनीहरुले यस्तो खालको गतिविधि सुधार्नुपर्ने उनको भनाइ छ ।

आर्थिक मन्दी हाबी भयो

आर्थिक मन्दीका कारण सबै पेसा व्यावसाय ठप्प भएपछि भ्याली बाहिरका मानिसहरु समेत कम आउन थालेकाले यातायात क्षेत्रमा ठूलो ह्रास आएको वरिष्ठ उपाध्यक्ष सिटौला बताउँछन्।

उनका अनुसार प्रमुख व्यापारिक केन्द्रमा नै मानिसको आवतजावत कम भएपछि यातायात व्यावसायमा पनि ह्रास आएको छ । नेपालभरका यातायात व्यावसाय मात्रै नभइ उद्योग, कलकारखाना तथा अन्य पेसा तथा व्यावसाय समेत चपेटामा परेका छन् ।

निजी सवारीको ज्यादती

निजी सवारी साधनहरुले खुलेआम जथाभावी रुपमा यात्रू ओसार –पसार गरिरहेको उनको भनाइ छ । ‘रातो नम्बर प्लेट भएका सवारी साधनले अनाधिकृत रुपमा यात्रू ओसारिरहेका छन् राज्य नीरिह छ, निजी गाडीहरुको ज्यादती रोक्न जरुरी छ ।’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?