National life

सडक दुर्घटनाले त्रसित बन्दै यात्रु: दशैका लागि टिकट लिनेको संख्यामा दोब्बरले कमी आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
1.5kShares
सडक दुर्घटनाले त्रसित बन्दै यात्रु: दशैका लागि टिकट लिनेको संख्यामा दोब्बरले कमी आउने
ncell

काठमाडौँ । यस वर्षको दशैंका लागि टिकट लिनेको सङ्ख्यामा दोब्बरले कमी आउने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच भएको सहमति अनुसार असोज १२ गते शनिवारका दिन देखि यस वर्षको दशैंका लागि अग्रिम टिकट खुला गरिएको छ ।

अग्रिम टिकट खुला गरेको एक दिन अगाडि अर्थात् बिहीबार रातिबाट परेको अविरल वर्षासँगै देशभरका विभिन्न ठाउँमा आएको बाढी पहिरोको कारण राजमार्ग अवरुद्ध हुनुको साथै ठुलो मात्रामा मानवीय एवम् भौतिक क्षति भएको कारण दशैंका लागि टिकट लिनेको सङ्ख्यामा गिरावट आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ।

विगतका वर्षहरूमा प्रत्येक वर्ष १८ लाख देखि २२ लाखसम्म नागरिकले उपत्यका छोड्ने गरेको भएपनी यस वर्ष उक्त सङ्ख्यामा दोब्बरको कमी आउने अवस्था देखिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दशै सँघारमा आएको समयमा प्राकृतिक विपत्तिको कारण ठूलो मात्रामा धनजनको क्षति भएको र उक्त घटना ताजै रहेको कारण यसले आम मान्छेको डर, त्रास पैदा गरेको उल्लेख गर्दै यस वर्षको दशैं तिहारमा विगतका वर्षहरूको तुलनामा यात्रुको सङ्ख्यामा दोब्बरले कमी आउने अवस्था देखिएको सिटौलाको भनाइ छ ।

महासचिव सिटौलाले आर्थिक भ्वाईससँग कुराकानीको क्रममा भने ९यतिबेला देश एउटा ठूलो संकटको सामना गरिरहेको छ, हाम्रो लागि यो निकै ठुलो र अपूरणीय क्षति भएको हो , प्राकृतिक विपत्तिकै कारण हामीले ठुलो मात्रामा नोक्सानी बेहोर्नु परेको छ । घटनाहरू ताजै छ, धेरै मान्छेले शहर छोड्न डर मानिरहेका छन् । सडकको अवस्थापनी त्यस्तै नाजुक बनेको छ यस्तो प्रतिकुल समय आएको कारण पनि यात्रुको सङ्ख्यामा दोब्बरले कमी आउने अवस्था बनेको हो, ०

सिटौलाले प्राकृतिक विपत्तिबाट मुक्त बनी नसकेको र अझै अप्रिय घटनाहरू घटिरहेको कारण प्राकृतिक विपत्तिमा भएको क्षतिको यकिन तथ्याकं नआइसकेको जानकारी दिएका छन् । साथै उक्त घटनामा महासंघले बीमाको मात्र आस गरी नबस्ने र राज्य स्तरबाटै उचित क्षतिपूर्तिको व्यवस्था गर्न आफूहरू प्रयासरत भएको जानकारी दिएका छन् ।

गत वर्षहरूलाई फर्केर हेर्ने हो भने २ दिनको अन्तरमा ५ देखि ७ लाख मान्छेले अग्रिम टिकट बुकिङ गर्ने गरेको तथ्यांक छ तर यस वर्ष हामीलाई सङ्ख्यामा उल्लेख गर्न सक्ने अवस्था बनेको छैन निकै न्यून मात्रामा टिकट गएको छ, मौसममा आएको खराबि हट्यो र अवरुद्ध मार्गहरू तत्काल निर्माण गर्न सकियो भने यो संख्या बढ्न जाला तर धेरै राजमार्गहरूमा बनाउनकै लागि ३,४ महिना कुर्नुपर्ने गरी बाढी, पहिरोले क्षति पुर्‍याएको छ यस्तो अवस्थामा अग्रिम टिकट लिने वा राजधानी छोड्नेको सङ्ख्यामा वृद्धि आउँछ भन्ने अपेक्षा गर्न सकिँदैन सिटौलाले भने ।

दुई दिन लगातार परेको पानीझरी सहित आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १ सय २० कटेको छ भने ८० जना भन्दा बढी बेपत्ता रहेका छन् । यस घटनापछि टिकट लिन आउनेहरूको संख्या समेत पातलिएको महासंघले जनाएको छ ।

महासंघले विगतका वर्षहरूमा यात्रुले भोग्ने गरेको समस्यालाई मध्यनजर गर्दै यस पटक विभिन्न अनलाइन प्लेटफर्ममार्फत टिकट काट्न सकिने व्यवस्था छ । यसमध्ये बस सेवा डटकममार्फत ७० भन्दा बढी जिल्लाका विभिन्न गन्तव्यका लागि दैनिक ४० हजारभन्दा बढी टिकट बुकिङ गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?