National life
cg eloctronics

बाढी पहिरोले राजमार्ग अवरुद्ध भएपछि दशैका लागि टिकट बुकिङ बन्द गर्दै व्यवसायी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
1KShares
बाढी पहिरोले राजमार्ग अवरुद्ध भएपछि दशैका लागि टिकट बुकिङ बन्द गर्दै व्यवसायी
muktinatha bikash bank

काठमाडौँ । दशैं मुखैमा आएको बेला यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङलाई बन्द गर्ने भएको छ।

सोमबार पृथ्वी राजमार्ग हुँदै गएका गाडी र यात्रु बिच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको भन्दै बुकिङलाई बन्द गर्न लागेको जानकारी दिएको छ । आर्थिक भ्वाइसँग कुराकानी गर्दै व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज यातायात मन्त्रालयसँगको बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था बन्द गर्ने जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

''सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था छैन । उपत्यका बाहिर गएको गाडी फर्केर काठमाडौँ आउने अवस्था छैन, बाटो नै बन्द भएपछि त्यो सम्भव हुने विषय नै भएन यात्रुलाई अप्ठ्यारो नपारौँ भन्नकै लागि बन्द गर्ने निर्णयमा पुगेका हौ'' महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने

काठमाडौँबाट सोमबार पृथ्वी राजमार्ग हुँदै गएका गाडी र यात्रु बिच बाटोमै अलपत्र परेका छन् । अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था देखिएन हामीले यात्रुलाई थप असहजता नहोस् भन्नका लागि यो निर्णय लिएका हौ सिटौलाले थप स्पष्ट पार्दै भनेका छन् । साथै यात्रु गाडीका चालक र सहचालकले नै खाना पानी खान नपाएर बीचबाटोमै अलपत्र पर्ने गरेको गुनासो आएको समेत उनको भनाई छ ।

everest bank

साथै घटस्थापना वा दशैंको एक दुई दिन अगाडिसम्म पनि राजमार्ग खुल्ने अवस्था नबनेमा यस अगाडि काटेको अग्रिम टिकटको रकम समेत फिर्ता गर्ने गरी सोचेको सिटौलाले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?