National life

भाडा समायोजन नहुँदा यातायात व्यवसायी मारमा, स्वचालित प्रणाली कार्यान्वयन गर्नुपर्ने माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.7kShares
भाडा समायोजन नहुँदा यातायात व्यवसायी मारमा, स्वचालित प्रणाली कार्यान्वयन गर्नुपर्ने माग
ncell

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य निरन्तर उकालो लाग्दा सार्वजनिक यातायात क्षेत्र संकटमा परेको उल्लेख गर्दै भाडा पुनःसमायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा डिजेल र पेट्रोलको मूल्य बारम्बार बढ्दै जाँदा यात्रुवाहक र मालवाहक सवारी सञ्चालनमा ठूलो चुनौती थपिएको जनाइएको छ।

अमेरिका, इजरायल र इरानबीच मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण इन्धनको मूल्य बढिरहँदा यातायात सञ्चालन खर्च उच्च बनेको तर भाडा दर समायोजन नभएकाले व्यवसायीहरू दबाबमा परेको महासंघले उल्लेख गरेको छ।

महासंघका अनुसार २०६५ सालदेखि लागू गरिएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले तत्काल भाडा परिमार्जन गर्न वा इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ।

साथै, चुनौतीपूर्ण अवस्थाबीच सेवा निरन्तर राख्न व्यवसायीहरूबीच सहकार्य र एकता आवश्यक रहेको महासंघको भनाइ छ। निर्धारित दरभन्दा कम भाडामा प्रतिस्पर्धा नगर्न, यात्रुको मागअनुसार मात्रै सवारी सञ्चालन गर्न र समय तालिका मिलाएर सेवा दिन महासंघले आफ्ना सदस्यहरूलाई अपिल गरेको छ।

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q

दीर्घकालीन समाधानतर्फ ध्यान दिँदै पटक–पटक मूल्यवृद्धि गर्ने अभ्यास अन्त्य गरी विकल्प खोज्न पनि महासंघले सरकारलाई सुझाव दिएको छ।

स्वचालित प्रणाली अनुसार भाडा समायोजन नहुँदा यातायात व्यवसायीहरू मारमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य निरन्तर बढिरहँदा सार्वजनिक यातायात सञ्चालन गम्भीर घाटामा पुगेको बताएका छन्।

आर्थिक भ्वाइससँगको कुराकानीमा सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणाली व्यवहारमा लागू नभएकाले व्यवसायीहरू थप समस्यामा परेको उल्लेख गरे। उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडा स्वतः समायोजन हुने व्यवस्था भए पनि सरकारी निकायहरूले समयमै कार्यान्वयन नगर्दा समस्या झनै जटिल बनेको हो।

https://www.youtube.com/watch?v=02Oo0JdDvac

उनले भने, “तेलको मूल्य बढ्दा गाडी चलाउने लागत एकदमै बढेको छ, तर भाडा समायोजन तत्काल हुँदैन। यसले व्यवसायीहरूलाई ठूलो घाटा परेको छ।”

सिटौलाले अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धनको मूल्य अस्थिर भएको र त्यसको प्रत्यक्ष असर नेपालमा यातायात क्षेत्रमा परेको बताए। उनका अनुसार दैनिक रूपमा गाडी सञ्चालन खर्च अत्यधिक बढे पनि आम्दानी सो अनुसार नबढ्दा व्यवसाय टिकाउन कठिन भइरहेको छ।

https://www.youtube.com/watch?v=mbZv-QNRoUA

उनले थपे, “स्वचालित प्रणाली अनुसार तेलको मूल्य बढ्नेबित्तिकै भाडा पनि समायोजन हुनुपर्ने हो, तर त्यो लागू भएको छैन। यही कारणले व्यवसायीहरू मारमा परेका छन्।”

वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले हालसम्म व्यवसायीका मागप्रति सुनुवाइ नगरेको गुनासो गर्दै तत्काल भाडा समायोजन गर्न आग्रह गरे। उनका अनुसार समयमै निर्णय नलिए सार्वजनिक यातायात क्षेत्र अझ संकटमा पर्न सक्छ।

उनले दीर्घकालीन रूपमा स्पष्ट नीति र प्रभावकारी स्वचालित भाडा प्रणाली कार्यान्वयन गर्न सरकारलाई सुझाव पनि दिए।सिटौलाले तेलको मूल्य बढ्दा भाडा बढ्ने र घट्दा घट्ने न्यायोचित अभ्यासलाई पालना गर्नुपर्नेमा जोड दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?