National life

वीरगञ्ज नाकाबाट १० महिनामा १.८१ खर्बको पेट्रोलियम आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
840Shares
वीरगञ्ज नाकाबाट १० महिनामा १.८१ खर्बको पेट्रोलियम आयात
ncell

पर्सा । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा करिब १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका इन्धन नेपाल भित्रिएको तथ्यांकले देखाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयात मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको १० महिनामा १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा यस वर्ष २५ अर्ब ५३ करोड रुपैयाँ (करिब १६.३५ प्रतिशत) ले वृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थबाट मात्रै ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

इन्धनतर्फ सबैभन्दा बढी डिजेल आयात भएको छ। यस अवधिमा १ खर्बभन्दा बढी मूल्यको करिब ८ लाख ९५ हजार किलोलिटर डिजेल भित्रिएको छ। अघिल्लो वर्ष भने करिब ९ लाख किलोलिटर डिजेल आयात भएको थियो।

त्यसैगरी पेट्रोलको आयात पनि बढेको छ। चालु वर्षमा ३५ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार किलोलिटरभन्दा बढी पेट्रोल आयात भएको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो।

यता एलपीजी ग्यासको आयात भने घटेको देखिएको छ। चालु वर्षको १० महिनामा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको करिब २४ करोड २७ लाख किलोग्राम ग्यास आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ३० अर्बभन्दा बढी मूल्यको ग्यास आयात गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?